२ कार्तिक २०८३, सोमबार

इटहरी उपमहानगरमा एमालेका मेयर र उपमेयर विजयी हुने निश्चित

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


इटहरी, २३ असार । इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर एमालेले आफ्नो पक्षमा पार्ने लगभग निश्चित भएको छ ।

अन्तिम केही हजार मत गन्न बाँकी हुँदा दुवैले नेपाली कांग्रेसका प्रत्यासीसँगको मतअन्तर दुई हजारभन्दा बढी बनाएका छन् ।

नगरको प्रमुख र उपप्रमुखमा जित निश्चित जस्तै भएपछि शुक्रबार एमालेले इटहरीमा विजय जुलुसको समय पनि निश्चित गरेको छ ।

मतगणनाको अन्तीम नतिजा शुक्रबार १० बजे सम्ममा आउने अनुमान गरिएको छ ।

विगत २० वर्षयताका स्थानिय र संसदीय चुनाव जित्दै आएको इटहरी एमालेले स्थानिय तहको यो चुनाव पनि जितेको हो ।

नगर प्रमुख र उपप्रमुख जितेपनि एमालेले इटहरीमा राम्रो पकड रहेका भनिएका धेरै वडा भने गुमाएको छ । नेपाली कांग्रेसले इटहरीका अधिकांश वडा जितेको छ ।

बिहीबार इटहरीको वार्ड नं. १२ को वडाध्यक्ष र एउटा सदस्य जितेको काँग्रेसले वडा नं. ८ मा प्यानलै भारी मतले जितेको छ । घोषणा हुन भने बाँकी रहेको जनाइएको छ ।

इटहरीका २० वडामध्ये कांग्रेसले कम्तीमा १० वडा जित्ने अनुमान गरिएको छ ।