१५ कार्तिक २०८३, आइतबार

कांग्रेसँग पुनः बार्गेनिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २२ असार । महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फेरि पनि सहमति कार्यान्वयनको नाममा नेपाली कांग्रेससँग बार्गेनिङ थालेको छ ।

कांग्रेसको लचकताका कारण संविधान संशोधनको विधेयक संसदमा रहेका बेला राजपा नेपालले धम्की र घुर्कीको राजनीति गर्नु स्वभनीय नरहेको टिप्पणी हुन थालेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

कांग्रेसका एक नेता भन्छन्–‘राष्ट्रिय जनता पार्टी नेपालको मागअनुसार नेपाली कांग्रेसले आफूलाई घाटा हुने गरेर धेरै ठूला निर्णय गरेको छ ।

त्यसको फल दोस्रो चरणको निर्वाचनमा कांग्रेसले भोगिसकेको छ । तर, मधेस केन्द्रित दलका नेताहरू त्यो योगदानलाई कमजोरीका रुपमा लिँदै छन् ।’

राजपाको मागअनुसार शहीद घोषणा, क्षतिपूर्ति, घाइतेको उपचार, दोस्रो चरणको स्थानीय तहको मिति सार्ने, १ नं. प्रदेशमा असोज २ गतेसम्म निर्वाचन सार्नेलगायतका निर्णय शेरबहादुर देउवा सरकारले ग¥यो । तर, अहिले राजपाका नेताहरू धम्की र घुर्कीको राजनीति गर्दैछन् । यसले गर्दा राजनीतिक विश्वासमा कमी आउने पक्का छ ।

राजपाकै एक युवा नेता भन्छन्–‘राजनीतिक सहमति र सम्वादलाई इमान्दारिताका साथ लिइनुपर्छ । देउवा सरकारले केही गरेको छैन भन्ने होइन । तर, राजपाभित्रकै केही नेताहरूको अहंताले गर्दा सहमति भत्कने हो कि भन्ने ठूलो डर भइसक्यो ।’

राजपाभित्र रहेका छ वटा दलका नेताहरू एक अर्कातिर भइदिँदा समस्या निम्तिएको टिप्पणी हुन थालेको छ । साथै एमालेको उक्साहटमा राजपाका नेताहरू फसेको हो कि भन्ने ठूलो खतरा बढेको आरोप छ ।

यदि रापजाका नेताहरू एमालेको गोटी बने भने त्यसको सबैभन्दा धेरै घाटा उनीहरूलाई नै हुनेछ । कांग्रेसका ति नेता भन्छन्–‘राजपालाई कांग्रेसले ठूलो विश्वास गरेको छ । तर, त्यसलाई कमजोरीका रुपमा लिइयो भने त्यसको घाटा राजपालाई नै हुनेछ ।’