१ कार्तिक २०८३, आइतबार

एनआरएन स्पेनको सचिवमा अधिकारीको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


स्पेन । एनआरएनएएनसीसी स्पेनको अधिबेशन नजिकिदै गर्दा बिभिन्न पदहरूमा उम्मेदवारीका लागि लागि गृहकार्य सुरु भएको छ ।

तारानाथ अधिकारीले स्पेनको एन आर एन २०१७–२०१९ कार्यकालको निम्ति सचिव पदमा उमेद्वारी दर्ता गराएका छन् ।

खाडी मुलुकहरूमा १२ वर्ष कम्पुटर इन्जिनियर पदमा रही बिभिन्न सरकारी गैर सरकारी कम्पनीमा काम गर्दै आएका तारानाथ अधिकारी समाज सेवामा सक्रिय थिए ।

कतार बसाइको अबधिभर पनि बिभिन्न संघसस्था संग आबद्ध रही समाजसेवामा उनले खेलेको भूमिका प्रसंसनीय रहेको थियो ।

अधिकारी कतार बसाईलार्इ केही वर्ष अगाडि छोट्याएर स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका छन् ।