काठमाडौं, २२ असार । सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रले २० मन्त्रालय आफूहरूले लिने गरी भागबण्डा मिलाउने अन्तिम कसरत गरेका छन् ।
यसै साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्तारुढ कांग्रेस–माओवादी नेताबीच बुधबार सरकारमा कति राजनीतिक दललाई ल्याउने र मन्त्रालय भागबण्डा कसरी टुंग्याउने भन्नेमा छलफल भएको थियो ।
स्रोतका अनुसार संघीय समाजवादी फोरमले समेत सरकारमा आउने संकेत दिएको छ । फोरमलाई समेत सम्मानजनक हैसियतमा ल्याउने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको छ ।
कांग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाई समर्थन जुटाउने कसरत पनि यही बेला तीव्र पारेका छन् ।
‘सिंगो राप्रपाको समर्थन भए एमालेबाहेक दुई तिहाई समर्थन पुग्छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘तर राप्रपाको भरोसा गरीहाल्ने स्थिती अझै बनीसकेको छैन ।’
गत वैशाख १७ गते संविधान संशोधन विधेयकमाथि मतदान गर्ने सरकारको तयारी भईरहेका बेला राप्रपाका दश सांसद अनुपस्थित हुने जानकारी दिएपछि रोकिएको थियो ।
छलफलमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुबाटै राप्रपा संविधान संशोधनमा एकजुट नहुने अबस्थामा सरकारमा ल्याउनुको औचित्व नहुने बताउँदै आएका छन् ।
तर, सत्ता घटक कांग्रेस र माओवादीले उपप्रधानमन्त्री विनाका ४ मन्त्रालय छुट्टाईएको जानकारी दिएका छन् ।













प्रतिक्रिया