पोखरा, २१ असार । पोखरामा स्थापित फेवा विकास बैक लिमिटेड र गण्डकी विकास बैक लिमिटेड एक आपसमा मर्ज भई गण्डकी विकास बैकको नामबाट विशेष समारोह बिच बैकको समुद्घाटन भयो । प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपाल खराब मौसमका कारण भौतिक रुपमा उपस्थित हुन नसकेता पनि सूचना प्रविधिको माध्यमबाट बैकको समुद्घाटन गर्नु भयो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले बैक परिवारलाई बधाई दिदै सफलताको शुभकामना दिनुभयो । साविक फेवा विकास बैकका लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख पोमनाथ गौतम, विकास बैक एशोसियसनका अध्यक्ष भरतराज ढकाल, साविक गण्डकी विकास बैकका अध्यक्ष पद्म प्रसाद पौडेल, नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा उद्योग बाणिज्य सघंका अध्यक्ष विश्व शंकर पालिखेले पनि शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य साविक गण्डकी विकास बैकका संचालक तथा मर्ज समिति संयोजक मदनकाजी श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले गर्नु भएको थियो ।
मर्ज पछि बैकको कुल चुक्ता पूँजी रु. १ अर्ब ८४ करोड, निक्षेप रु. १८ अर्ब २३ करोड, कर्जा रु. १६ अर्ब ४७ करोड, ग्राहक संख्या २ लाख पचास हजार, कर्मचारी ४०० जना, ५० वटा शाखा, २१ वटा ए.टि.एम पुगेको छ । मर्ज पछि अध्यक्षमा जगन बहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृतमा रेशम बहादुर थापा हुनु भएको छ ।
















प्रतिक्रिया