बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियम ले गत सोमबारका दिन लुभेन शहरमा नेपाली कांग्रेस का पुर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९४ औं जन्म जयन्ति कार्यक्रम एक समारोहका बीच समपन्न गरेको छ ।
नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि को रुपमा नेपाली कांग्रेस पार्टी का मुख्य सचिव कृष्ण पौडेल रहेका थिए ।
प्रमुख अतिथिको आसन बाट बोल्दै पौडेल ले गिरिजा प्रसाद कोईराला ले प्रजातन्त्र तथा लोकतन्त्र का लागी बिभिन्न चरणमा गरेको योगदान बारे बताउदै सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका तथा ६२/६३ जनान्दोलन को मुख्य कमान्डर रही देशमा लोकतन्त्र स्थापना साथै उहाको अगुवाईमा नेपाली कांग्रेस ले बिभिन्न काल खण्डमा प्रजातन्त्र र लोकतन्त्रका लागी गरेको भूमीका बारेमा बताएका थिए । साथै नेपालको बर्तमान ट्रान्जेक्सन पिरड मा संबिधान कार्यन्वयन को लागी बिभिन्न चरणको निर्वाचन लाई समयमै सम्पन्न गरि लोकतन्त्र लाई बलियो बनाउनु नेपाली कांग्रेस को जिम्मेवारी रहेको बताए । कार्यक्रममा अध्यक्षता गरिरहेकी सभापति सापकोटा ले आफ्नो आसन बाट बोल्दै स्वर्गीय गिरिजा प्रसाद कोईराला प्रजान्त्रिक आन्दोलनका शिखर योद्धा रुपमा रहेको र नेपालमा शान्ति र लोकतन्त्र स्थापना का निमित्त देशका मुर्धन्य नेताको रुपमा बताउदै कांग्रेसले स्वर्गीय गिरिजा प्रसाद कोईरालाले गरेको योगदान लाई व्यवहारमा सदैव लागू गर्न स्मरण समेत गराएकी थिईन ।
















प्रतिक्रिया