
धनगढी, २१ असार । धनगढी उपमहानगरपालिकाको एउटा वडामा रोमाञ्चक प्रतिस्पर्धा भएको छ ।
प्रसंग हो, धनगढी वडा नम्बर ३ को । एकैघरका दुई दाजुभाईको लडाईं निकै रोमाञ्चक बनेको छ । भाई माओवादीबाट अनि दाई काँग्रेसबाट उम्मेदवार । अन्ततः भाईले जिते, दाई हारे ।
माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बलबहादुर ऐर एक हजार १३८ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी उनका दाजु राजबहादुर ऐर पराजित भएका हुन् ।
काँग्रेस उम्मेदवार राजबहादुरले एक हजार ८४ मत प्राप्त गरे । विजयी बलबहादुरले दाजु पराजित हुँदा दुःख लागेको प्रतिक्रिया दिए । राजबहादुरले भने बागी उम्मेदवारका कारण आफू पराजित हुनुपरेको बताउँछन् ।















प्रतिक्रिया