काठमाडौं, २० असार । लक्ष्मी केयरस् “निःस्वार्थ पहल” लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गरिएको एक गैर नाफामूलक संस्था हो । यस संस्थाको प्रमुख कार्यक्षेत्र भनेको सम्बन्धित क्षेत्रका अनुभवी संस्थाहरुसँग सहकार्य गरी समाजमा वित्तीय साक्षरता तथा महिला शिक्षालाई प्रबर्द्धन गर्नु हो ।
यसै सिलसिलामा महिलाहरुले भोग्दै आएको समसामयिक चुनौति, महिलाहिंसा तथा आर्थिक रुपमा विपन्न महिलाहरुलाई सहयोग पुर्याउँदै आएको साथी नामक गैरसरकारी संस्थालाई लक्ष्मी केयरस्ले ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
लक्ष्मी केयरले साथी नामक गैरसरकारी संस्थालाई प्रदान गर्ने पाँच लाखले बदिर्यामा ३५ भन्दा ज्यादा पशुको खरिद, गोठ व्यवस्थापन एवम् पशुपालन सम्बन्धी आर्थिक÷प्राविधिक र शैक्षिक सहयोग प्रदान गरी सम्बन्धित पक्षलाई प्रत्यक्ष लाभ पुर्याउने छ ।















प्रतिक्रिया