१ कार्तिक २०८३, आइतबार

सप्तरी र पर्साका एसपी हेडक्वार्टर तानिए, यस्तो छ अभियोग

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । व्यापारीसँग पैसा असुली अनियमितता गरेको आरोप लागेका सप्तरी र पर्साका प्रहरी प्रमुख प्रहरी प्रधान कार्यालय नक्साल (हेडक्वार्टर) तानिएका छन् ।

प्रहरी मुख्यालयमा परेको उजुरीका आधारमा सप्तरीका प्रमुख एसपी सप्तरीका अनुराग द्विवेदी र पर्साका प्रमुख एसपी गोविन्द साह आर्थिक अनियमिमताको आरोपमा अनुसन्धानका लागि हेडक्वार्टर तानिएको स्रोतले बतायो ।

दुबै एसपीले व्यापारीसँग मोटो रकम असुल्न विभिन्न खाले दबाब दिने गरेको आरोप छ ।