
झापा, २० असार । झापाको कमल गाउँपालिकामा मत बराबरी भएपछि गोलाप्रथाबाट एमालेकी मेनुका काफ्लेले अध्यक्ष जितेकी छिन् ।
एमालेकी काफ्ले र कांग्रेस उम्मेदवार हुकुमसिंह राईको ८२७५ मतले बराबर भएपछि अन्तिम निर्णय गोलाप्रथाबाट गरिएको हो ।
सहायक निर्वाचन अधिकृत राजकुमार शाक्यका अनुसार सुरुमा काफ्लेलाई गोला तान्न दिइएको थियो । अन्ततः नतिजा काफ्लेकै पक्षमा आयो ।















प्रतिक्रिया