१ कार्तिक २०८३, आइतबार

लमजुङ सेवा समाज कतारको अध्यक्षमा पुनः विष्णुलाल श्रेष्ठ निर्विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, कतार । लमजुङ सेवा समाज कतारको अधिवेशनले पुनः विष्णुलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख अतिथ्यतामा शुक्रबार भएको अधिवेशनले पुनः श्रेष्ठकै अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । लमजुङ समाजको प्रथम उपाध्यक्षमा खुसीराम गुरुङ, द्धितिय उपाध्यक्षमा नबराज नखोला, महासचिवमा सिताराम थापा, सचिबमा युवराज गुरुङ, कोषाध्यक्षमा बिनोद बसौला, सहकोषाध्यक्षमा शिव रसाइली चयन भएका छन् ।

यसैगरी, क्षेत्रीय सदस्यमा रामचन्द्र अधिकारी र बुद्धिसागर सुबर्णकार चयन भएका छन् । अन्य सदस्यहरुमा सन्जय रेग्मी, कर्म गुरुङ, रबि गुरुङ, दीपक अधिकारी, रबिन्द्र घिमिरे, उपेन्द्र सोती, प्रेम अधिकारी, लेख विलास बिशुराल, कुमारी गुरुङ र राज लोप्चन निर्वाचित भएका छन् ।

नबनिर्वाचित समितिलार्इ निर्वाचन आयोगका संयोजक सुदर्शन भट्टले सपथ ग्रहणसहित पदीय प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

नेपाली दूतावास कतारका उपप्रमुख मणि रत्न शर्माको बिशेष उपस्थिति रहेको अधिवेशनमा कतारका थुप्रै नेपाली संघसस्था र ब्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।

दोहा नजिकैको बिनउम्रान एरियाको गार्डन भिलेज रेस्टुरेन्टको सभा हलमा संचालित कार्यक्रमको स्वरुप र प्रस्तुति कतारमा हुने गरेका अन्य कार्यक्रम भन्दा फरक खालको थियो । चक्लेट र अधिबेसन अन्कित उपहारसहित गरिएको अतिथि सत्कार साथै हलको सजावट र कार्यक्रमको ढाँचामा केही पृथकता देखिएको थियो ।

सस्थाका प्रथम उपाध्यक्ष खुसीराम गुरुङको स्वागत मन्तब्यसहित पृष्ठभुमिमा पन्चे बाजाको धुनसँगै पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा कतार र नेपालको झन्डा बोकेर स्वदेश गान गाइएको थियो ।

‘तपार्इले पिउने लुमाले तपाईंकी झुमाको जिन्दगी पनि बर्बाद हुन सक्छ’, ‘स्कुल कलेज पढ्ने तपाईंका छोरा छोरी कतै गलत बाटोमा त लागेका छैनन ?’,  ‘तपार्इले बिबाह गराइदिन लाग्नु भएको तपाइँका छोराछोरी उमेरले परिपक्का त छन ?  ‘बाबा, तपाईं सधैका लागि कहिले घर फर्किने भनी दिनहुँ सोधी रहने ती तपाईंका कलिला बालबालिकाका लागि तपाईंको उत्तर के छ ?’, ‘कतै तपाइँ आफ्नै चेलीबेटीलाई अनाबश्यक लगातार फोनमा जिस्काउँदै असजिलोमा त पारिरहनु भएको त छैन ?’, आदि लेखिएका सन्देशमुलक कागजी लाल्टिनहरुले भरिएको सभाहलका प्रत्येक कुना कुनामा सन्देश र सूचनामुलक पोस्टरहरु टाँसिएका थिए ।

लमजुङका प्रसिद्ध मुख्य मुख्य स्थानहरुको तस्वीरहरु प्रोजेक्टरको माध्यमबाट एकातिर भित्तामा चलिरहेको थियो भने सबैका हात हातमा लम्जुङको चिनारीसहितको पर्चा देखिन्थ्यो । थुप्रै पर्यटकीयस्थलहरु भएको लमजुङको पर्यटनको प्रबर्द्धनका लागि ‘लम्जुङ घुम्न जाऔँ –  आन्तरिक पर्यटन बढाऔ’ भन्ने आव्हान र लमजुङका केही दृश्यहरु अंकित फोटो फ्रेम कार्यक्रमको थप आकर्षण थियो। प्रमुख अतिथिले आफ्नो फोटो खिचेर फोटो शेसन सुरु गर्नु भएको उक्त फोटो फ्रेममा विशेष अतिथि तथा अन्य उपस्थित महानुभाबहरुले पनि आ(आफ्ना मोबाइलमा आआफ्ना फोटो खिचेका थिए । खिचिएको फोटोलाई आफ्नो आफ्नो फेसबुकको वालमा पोस्ट गरि लमजुङलाई सबै माझ परिचित गराइदिन आयोजकको तर् बाट अनुरोध गरिएको थियो ।

आपतकालिन अबस्थामा संस्थाभित्रका सदस्य एवम संस्था बाहिरका पीडित र समस्यामा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग गर्न ‘आकस्मिक कोष’ स्थापना गर्ने उद्देश्यले संस्थाका सदस्यहरुबीच नियमित रुपमा स्वैच्छिक बचत गर्नका लागि ‘सुर्केथैली अभियान’ सुरु गरिएको थियो। लोप हुँदै गइ रहेको परम्परागत शैलीको कपडाको सुर्के थैलीको मुख खोलेर थैलीमा स्वैच्छिक सहयोग रकम राखी दिएर कार्यक्रमका प्रमुख अतिथी गुरुङ र राजदुतावासका द्धितीय सचिब गायत्री पौडेलले अभियानको सुरुवात गरेका थिए ।

त्यसपछि तत्कालै सो अभियानका लागि उपस्थित अतिथिहरुबीच बाँडिएको करिब ५० थान थैलीमा ६७९ कतारी रियाल संकलन भएको थियो ।

लम्जुङ सेवा समाजका कलाकार संयोजक राज लोप्चान र महिला बिभाग संयोजक कमला गुरुङ तथा सदस्य लेख विलासको सहभागितामा प्रस्तुत सांगीतिक कार्यक्रममा लम्जुङको पहिचान हुने खालका लाइभ दोहोरी गित, नाच तथा लम्जुङकै प्रसिद्ध ठाडो भाकाका टुक्काहरु पनि गाइएको थियो ।

कार्यक्रममा कतारस्थित नेपाली समाजका अगुवा क्रान्ति सिंह, बिमल सुवेदी, सागर नेपाल तथा एनआरएनको तर्फबाट तेज कटुवाल, बिनोद भट्टराई, हंस रज ढकाल आदिले शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले लमजुङ समाजको कार्यक्रम सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद तथा आभार व्यक्त गर्दै लमजुङ समाजलाई नमुना समाज बनाउने उद्घोष गरेका थिए ।