झापा, १९ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा कांग्रेस शून्य भएको छ ।
झापा क्षेत्र नम्बर ३ का निवार्चित सांसद सिटौलाको क्षेत्रमा तीन वटा स्थानीय तह भद्रपुर नगरपालिका, कचनकबल र हल्दिबारी गाउँपालिका रहेकोमा कचनकबल र हल्दिबारी राप्रपाले जितेको छ । यी दुबै तहमा कांग्रेस क्रमशः दोस्रो र तेस्रो स्थानमा पुगेको छ ।
यता भद्रपुर नगरपालिकामा भने सुरुदेखि नै एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका उम्मेदवारले ४ हजार ७ सय २६ मत ल्याउँदा कांग्रेसका उम्मेदवारको ३ हजार ४ सय ४७ मत छ । माओवादी केन्द्रले २ हजार ८ सय ५८ मत ल्याएका छन् ।
भद्रपुर नगरपालिकामा एमालेलाई उछिनेर कांग्रेसले जित्ने सम्भावना अब कम रहेको अनुमान गर्न थालिएको छ । यस्तो अवस्थामा सिटौलाको क्षेत्रमा कांग्रेस शून्य अर्थात ‘निल’ हुने अवस्थामा पुगेको हो ।















प्रतिक्रिया