१५ कार्तिक २०८३, आइतबार

एमालेले धेरै सिट जितेपछि कांग्रेस र माओवादीभित्र भयो ‘बबण्डर’

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत रुपमा परिणाम नआउँदा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)भित्र असन्तुष्टि चुलिएको छ ।

दोस्रो चरणको निर्वाचनमा राम्रो परिणाम नआउनुमा गुटबन्दी नै कारण भएको निष्कर्ष कांग्रेसले निकालेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

केन्द्रदेखि वडा तहसम्म नै गुटबन्दीको असर निर्वाचन नतिजामा पनि देखिएको भन्दै कांग्रेसभित्र आन्तरिक द्वन्द्व सुरु भएको छ ।

माओवादी केन्द्रभित्र पनि गुटबन्दीभन्दा पनि पार्टी केन्द्रीय कार्यालयले प्रभावकारी रुपमा जनतासमक्ष आफ्ना एजेन्डा पु-याउन नसक्दा राम्रो परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा पहिलो हुने दाबी गरेको थियो ।