३० आश्विन २०८३, शुक्रबार

अमेरिकाको लिटिलरकस्थित रात्रि क्लवमा गोली चल्दा सत्र जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिटिल रक (संयुक्त राज्य अमेरिका), १८ असार । संयुक्त राज्य अमेरिकाको लिटिल रकस्थित एक रात्रिक्लवमा हनिबार विहानीपख भएको आक्रमणमा १७ जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ ।

शहरको प्रहरी प्रमुख केन्टन बकनरले अमेरिकी अधिकारीले घटनामा धेरै जनाको समूहको सम्लग्नता रहेको भएपनि यसमा आतङ्ककारी समूहको सम्लग्नता भएको हुनसक्ने कुरालाई अस्वीकार गरेका छन् ।

पावर अल्ट्रा लज नाम गरेको क्लव राज्यको राजधानीभन्दा करिब डेढ किलोमिटर टाढा भएको र कन्सर्टमा दुई समूहवीच भएको भडपले उग्ररूप लिँदा भएको प्रहरीको दावी छ ।

घटनामा घाइतेमध्ये सवैजना खतरामुक्त रहेको पनि प्रहरीले ट्वीटरमार्फत जनाएको छ । – एपी