
धनकुटा, १७ असार । धनकुटा जिल्लामा नेकपा एमालेले एकलौटी जित हासिल गरेको छ । धनकुटाका सात वटा स्थानीय तहमध्ये सात वटैमा एमाले विजयी भएको छ ।
धनकुटामा दुई नगरपालिका र पाँच गाउँपालिकामा काँग्रेस र माओवादी निल भएका छन् । धनकुटा नगरको मेयरमा चिन्तन तामाङ र उपमेयरमा सकुन्तला वस्नेत विजयी भएका छन् । मेयरका लागि तामाङ १ सय १४ र उपमेयर वस्नेत १ हजार ८ सय ४१ मतअन्तरले विजयी भएका हुन् ।
एमालेले धनकुटा नगरको वडा नम्बर १, २, ४, ७, १० मा बिजय हासिल गरेको छ भने ५ र ६ मा कांग्रेस, ८ र ९ मा माओवादी केन्द्र तथा वडा नं ३ मा नयाँ शक्तिले जित हासिल गरेको छ ।
एमालेले पाख्रिबास नगरपालिकामा पनि बिजय हासिल गरिसकेको छ । पाख्रिबासमा मेयर बिर्खबहादुर राई र उपमेयरमा देबकला तिम्सिना बिजयी भएका छन् ।
यस्तै छथर जोरपाटी गाउँपालिका अध्यक्षमा शेरबहादुर लिम्बू, उपाध्यक्षमा भिमकला श्रेष्ठ निर्वाचित भएका छने ।
चौबिसे गाउँपालिका अध्यक्षमा खजिन्द्र राई र उपाध्यक्षमा यज्ञकुमारी बिश्वकर्मा निर्वाचितभएका छन् ।
यस्तै, खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका अध्यक्षमा एमालेकै मनोज राई र उपाध्यक्षमा रत्नस्वरी रार्इ बिजयी भएका छन् ।
महालक्ष्मी नगरपालिका र सागुरिगढी गाउँपालिकाको घोषणा मात्रै हुन बाँकी छ । महालक्ष्मीमा मेयर पर्शुराम नेपाल र उपमेयर मन्जु अधिकारी तथा सागुरिगढी गाउँपालिका अध्यक्षमा कुमार जङ याख्खा र उपाध्यक्षमा बिन्द्रकुमारी राईको जित पक्का भएको छ ।
एमालेको एकलौटी जितले धनकुटामा सत्तारुढ काँग्रेस र माओवादीलाई नराम्रोसँग धक्का लागेको छ ।















प्रतिक्रिया