२१ कार्तिक २०८३, शनिबार

कञ्चनपुरको पुनर्वासमा मतगणना स्थगित, कांग्रेस–माओवादी कार्यकर्ता प्रदर्शनमा (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १७ असार । कञ्चनपुरको पुनर्वास नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नम्बर १ मा कुल खसेको मतभन्दा एक सय मत बढी फेला परेको दावी गर्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले अवरोध गरेपछि मतगणना स्थगित भएको हो ।

वडा नम्बर १ बाट नेकपा एमालेका प्रतापबहादुर चन्द प्यानलसहित वडाध्यक्षमा निर्वा्चित भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरिसकेको छ । फर्जी मत हालेर एमालेका उम्मेदवारलाई विजयी बनाइएको भन्दै काँग्रेस–माओवादीका कार्यकर्ताले मतदान स्थलमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उत्रिएको भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गरेको छ । स्थानीय पत्रकार दीपेन्द्र बस्नेतका अनुसार विवाद समाधान गर्न सर्वदलीय बैठक बसिरहेको छ ।