२१ कार्तिक २०८३, शनिबार

छत्रकोटमा एमाले, धुर्कोटमा माओवादी गठन्धनका उम्मेदवार निर्वाचित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १७ असार । गुल्मीको छत्रकोट गाउँपालिका प्रमुखमा एमालेका मधुकृष्ण पन्त निर्वाचित भएका छन् । कांग्रेस माओवादी गठबन्धनलाई हराउदै पन्तले ५ हजार ५ सय ५१ मत ल्याएर बिजयी भएका छन् भने उपप्रमुखमा एमालेकी नर्मदा भण्डारी निर्वाचित भएकी छन् उनले ५ हजार ४ सय ७६ मत ल्याएर निर्वाचित भएकी छन् ।

गाउँपालिका प्रमुखमा कांग्रेसका अनन्तराम पौडेल ५ हजार १ सय १४ र माओवादीका रामप्रसाद पाण्डे ४ हजार ७ सय ३६ मत ल्याएर पराजित भएका छन् । प्रमुखमा निर्वाचित पन्त एमाले गुल्मीका अध्यक्ष हुन् । उक्त गाउँपालिकामा एमालेले ४ वडामा र २ वडामा कांग्रेसले बडा अध्यक्षमा प्यानलै बिजयी भएका छन् ।

यस्तै धुर्कोट गाउँपालिकाको प्रमुखमा कांग्रेस माओवादी गठबन्धनका माओवादीका भुपाल पोखरेलले ५ हजार १ सय १६ मत ल्याएर बिजयी भएका छन् भने उपप्रमुखमा कांग्रेसका शिबबहादुर खत्री ४ हजार ९ सय ३९ मत ल्याएर बिजयी भएका छन् ।

गाउँपालिका प्रमुखमा एमालेका कृष्ण घिमिरे ४ हजार ७ सय ५३ मत र उपप्रमुखमा रिता थापाले ४ हजार ८ सय ४२ मत ल्याएर पारजित भएकी छन् । उक्त गाउँपालिकामा एमालले ४ वडा, कांग्रेस ३ वडा र माओवादी केन्द्रले १ वडामा अध्यक्ष पदमा प्यानलै निर्वाचि भएका छन् ।

गुल्मीमा रहेका १२ स्थानिय तह मध्ये ४ स्थानिय तहको मतपरिणमा आउन बाकी रहेको छ । बाँकी रहेका स्थानिय तह मदाने गाउँपालि, इस्मा गाउँपालिका, सत्यवती गाउँपालिका, कालिगण्डकी गाउँपालिका रहेका छन् । यि तहमा एमालेको अग्रता रहेको छ ।