
इटहरी, १७ असार । इटहरी उपमहानगरपालिकामा साझा पार्टी र विवेकशील नेपालीलाई दललाई जनताले पत्याएनन् । काठमाडौं र ललितपुर महानगरमा राम्रो मत ल्याएको साझा पार्टीले इटहरीमा भने नगन्य मत पाएको छ ।
शनिबार दिउँसोसम्म मतगणना भएका वडा नम्बर १, २, ३, १८, १९ र २० वडाको मत गणनाको प्रारम्भिक परिणाममा साझाकी मेयर उम्मेदवार डा तारा काफ्लेले २५ र उपमेयरका उम्मेदवार प्रकाशचन्द्र परियारले २८ मत ल्याएका छन् ।
साझा पार्टीले इटहरीमा आफ्ना मेयर र उपमेयर मात्रै उठाएको थियो । क्यामेरा चुनाव चिह्नको मेयर र सेलरोटी चुनाव चिह्न उपमेयर उठाएको साझा पार्टीका उम्मेदवारलाइ हौसला दिन पार्टी प्रमुख रविन्द्र मिश्रसमेत मौन अवधि शुरु हुनु अगाडिसम्म इटहरीमा आएर खटेका थिए ।
यस्तै, साझालाइ इटहरीमा मेयर र उपमेयरमा सहयोग गरेको विवेकशील नेपाली दललेसमेत राम्रो मत ल्याउन सकेन । वडा नम्बर २० मा मात्रै वडा अध्यक्ष उठाएको विवेकशीलका उम्मेदवार ध्रुव भण्डारीले हालसम्म जम्मा ५ मत मात्रै प्राप्त गरेका छन् ।
रन्जु दर्शनासमेत ल्याएर इटहरीको तरहरा बजार क्षेत्रमा पर्ने वडा नम्बर २० मा उठाएको मुट्ठी चुनाव चिन्ह्रको विवेकशीलले सोचेजस्तो मत नल्याएको स्वयं विवेकशिल इटहरीमा अभियन्ताहरु बताँउछन् ।
विवेकशीलको जमानत जफत भएको छ भने साझा पार्टीको पनि जमानत जफत हुने अबस्था देखिएको छ ।















प्रतिक्रिया