१ कार्तिक २०८३, आइतबार

एसियन पारा तेक्वान्दोमा रन्जनालाई कास्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ असार । नेपालकी रन्जना धामीले तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक हात पारेकी छिन् ।

कोरियाको छुनछुन शहरमा भएको च्याम्पियनसिपको ४९ केजी तौलसमुह अन्र्तगत के–५५ विधामा रन्जनाले कास्य पदक हात पारेको पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले बताए ।

रन्जना सेमीफाइन मंगोलियाकी खुरेलबातर इन्खतुया( प्जगचभदिबबतबच भ्लपजतगथब ) सँग १४–६ ले स्तब्ध भएपछि कास्य पदकमै सिमित भइन् । खुरेलबातर उक्त विधामा स्वर्ण जित्नुका साथै च्याम्पियनसिपको बेस्ट फाइटर समेत चुनिएकी प्रशिक्षक कुँवरले बताए ।

पुरुषको ७५ तौल अन्तर्गत के–४२ विधामा रोहीत राई क्वाटरफाइनलमा इरानका जफर्जादेह महमोदसँग पराजित भएपछि पदक विहिन भए ।

यसअघी रोहीतले कोरियाका जाङ योन यो(व्बलन थ्भयल(ध्यय) लाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको प्रशिक्षक कविराज नेगी लामाले बताए ।

महिलाको ५८ केजी तौलसमुहको के–४४ मा नेपालकी पलेसा गोवर्धन टर्कीकी अनुभवी खेलाडी गुलदल गाम्जीसँग पराजित भइन् ।

नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले खेलाडीले आसा लाग्दो प्रदर्शन गरेको बताए ।

उनले भने धेरै अनुभवी भइसकेका विदेशि खेलाडीविरुद्ध नेपाली खेलाडीले कडा चुनौती दिनु नै राम्रो संकेत मान्नुपर्छ ।

नेपाली टोलीको ब्यवस्थापकमा नेपाली खेलकुदका सफल तेक्वान्दो खेलाडी दिपक विष्ट छन् ।