१ कार्तिक २०८३, आइतबार

उजुरीहरु छानविन नहुँदै बाहिर नल्याउन मलेसियास्थित नेपाली दूतावासको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदीप निउरे

क्वालालम्पुर, १७ असार । मलेसियास्थित नेपाली राजदूतावासले आफूहरुसम्म आईपुगेका बिभिन्नखाले उजुरीहरु उपर छानबिन नहुँदै सामाजिक सञ्जालमा नहाल्न आग्रह गरेको छ । यहां कार्यरत नेपाली कामदारका बिभिन्न खाले समस्या सम्बन्धमा उजुरी गर्नेहरुलाई राजदूतावासले एक बिज्ञप्ती जारी गरि यस्तो आग्रह गरेको हो ।

यहां रहेका समपुर्ण नेपाली समुदायलाई उजुरी मुताविक पीडित र पीडक पक्षका सम्बन्धमा आबश्यक छलफल तथा अनुसन्धान गर्ने समय अवधिभर धैर्य गर्न दूतावासले सुझाव समेत दिएको छ । मलेसियामा रहेका बिभिन्न संघसंस्थाका अगुवाको नाम तोकेर गरिएको एक उजुरीपछि ऊत्पन्न घटनाक्रमबाट सजग हुँदै राजदूतावासले यसतर्फ यहां कार्यरत नेपाली समुदायको ध्यानाकर्षण गराएको हो ।

एकातिर राजदूतावासमा निवेदन दर्ता गर्ने र अर्कोतर्फ सामाजिक सञ्जालमा उजुरी प्रकाशित गरि भाईरल बनाउने कार्यले यहां कार्यरत नेपाली समुदायबीचको आपसी सदभावमा खलल पुग्ने दूतावासको तर्क छ ।

मलेसियामा रहेका नेपाली समुदायका बिभिन्न संघ संस्थाहरु बिच आपसी सद्भाव र सहकार्य प्रबर्धन गर्न पनि राजदुतावासले सबैलाई सचेत गराएको छ । यहां कार्यरत नेपाली कामदारका बिभिन्न खाले समस्या समाधान गर्न आफूहरु सदैव तयार रहेको राजदुतावासले बताउदै आएको छ ।

के थियो त पछिल्लो घटनाक्रम ?

टेक बहादुर घर्ती नाम गरेका एक ब्यक्तिले आफू लगायत नेपालीमाथि ठगी गरिएको एक उजुरी यहांस्थित नेपाली राजदूतावासमा गरेका थिए । मलेसियामा रहेका सामाजिक तथा राजनीतिक संघ संगठनका अगुवाहरुको नाम त्यहां तोकिएको थियो । गैह्र आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिश्व राई, गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य खगेन्द्र न्यौपाने, माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे र प्रवासी नेपाली मञ्चका केन्द्रिय सदस्य मोहन घिमिरले आफू लगायत अन्य नेपालीमाथि ठगी गरेको आरोप घर्तीले लगाएका थिए ।

घर्तीले लगाएको आरोप कपोकल्पित र भ्रामक भन्दै चारै जना अगुवाहरुले तत्कालै अस्वीकार पनि गरे । कांग्रेस निकट जनसम्पर्क समिति मलेसियाका महामन्त्री योगेन्द्र कोइरालाद्धारा हस्ताक्षरित उजुरी राजदूतावासमा पेश गरिएको थियो ।

उजुरी उपर कारवाही अगाडि बढाउंदा पीडित भनिएका घर्ती स्वयंम सम्पर्कमा नआएको राजदूतावासले जारी गरेको एक बिज्ञप्तीमा उल्लेख गरिएको छ । राजदूतावासमा उजुरी हालिसकेपछि आफै सम्पर्कमा आउनुपर्ने ब्यक्ति घर्ती सम्पर्कमा नआएको समेत बताईएको छ ।

घर्तीले एटी सुरक्षा गार्ड सर्भिसेजसंग सहकार्य गरि गैह्र आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिश्व राई, माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे र प्रवासी नेपाली मञ्चका केन्द्रिय सदस्य मोहन घिमीरेले ठगी गरेको आरोप लगाएपनि उक्त कम्पनीले उल्लेखित व्यक्तिहरु आफ्नो कम्पनीमा सम्बद्ध नभएको राजदूतावासलाई स्पष्ट पारेको छ । घर्तीले विभिन्न कम्पनीमा आवद्ध रहेका नेपाली श्रमिकलाई अवैधानिक बनाएर सेक्युरेटी कम्पनीमा काम लगाइदिने, भिषाको प्रक्रिया थाल्ने तथा वैधानिक बनाईदिने भन्दै निजहरुले मोटो रकम असुल्ने गरेको आरोप सहितको उजुरी राजदुतावासमा गरेर तत्काल नेपाल फर्केका थिए ।