
काठमाडौँ, १९ असार । एक महानगरसहित छ उपमहानगरपालिकामा अहिले मतगणना जारी छ ।
विराटनगर महानगरपालिकामा कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ । कांग्रेसका मेयरका उम्मेदवारले ६६१७ र उपमेयरले ५७०५ मत पाएका छन् । एमालेले मेयरमा ४५७७ र उपमेयरमा फोरम लोकतान्त्रिकले २४४० मत पाएको छ । संघीय फोरम र माओवादी केन्द्रको गठबन्धनले मेयरमा ४१९५ र उपमेयरमा २७०० मत पाएका छन् ।
इटहरी उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेले मेयरमा १०२३६ र उपमेयरमा ९९६० मत पाएका छन् । काँग्रेसले मेयरमा ९३७० र उपमेयरमा ९१०३ मत पाएका छन् । माओवादीले मेयरमा १४५० र उपमेयरमा १६६१ मत पाएका छन् ।
धरान उपमहानगरपालिकामा एमालेले नेपाली कांग्रेसलाई उछिनेको छ । मेयरमा एमालेले ७०८२ र उपमेयरले ७२७६ मत पाएका छन् । काँग्रेसले मेयरमा ५८८२ र उपमेयरमा ५६८० मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा ३४३५ र उपमेयरमा २२३७ मत पाएका छन् ।
बुटवल उपमहानगरपालिकामा एमालेको अग्रता कायम छ । मेयरमा एमालेले १४७५९ र उपमेयरमा १६१४९ मत पाएका छन् । नेपाली कांग्रेसले मेयरमा १२७०६ र उपमेयरमा माओवादी केन्द्रले ८८३० मत पाएका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा एमालेका मेयरले १०६२५ र उपमेयरमा ९२५४ मत पाएका छन् । नेपाली कांग्रेसले मयेरमा ७९५० र उपमेयरमा ८८९१ मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा ३००४ र उपमेयरमा ३११६ मत पाएका छन् ।
नेपालगंज उपमहानगरपालिकामा मेयरमा राप्रपाले ११००८ र उपमेयरमा ७६५९ मत पाएका छन् । नेपाली काँग्रेसले मेयरमा ७१३२ र उपमेयरमा ९०७४ मत पाएका छन् ।
धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले मेयरमा ४२११ र उपमेयरमा ४९७३ मत पाएका छन् । स्वतन्त्रले मेयरमा ३९९० मत पाएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवारले ३३०९ र उपमेयरमा ४०२१
मत पाएका छन् ।
घोराही उपमहानगरपालिकामा भने एमालेले जित हासिल गरिसकेको छ ।















प्रतिक्रिया