२१ कार्तिक २०८३, शनिबार

पाख्रीबास नगरपालिकामा एमालेको नयाँ कीर्तिमान !

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धनकुटा, १७ असार । धनकुटाको पाख्रीबास नगरपालिकामा मेयर र उपमेयरसहित सबै पदमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

१० वडा रहेको नगरपालिकाको मेयरमा विर्खबहादुर रार्इले ४ हजार ४३९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसकी इन्दिरा थापाले १ हजार ६२८ मत पाएकी छन् ।

राईले आफ्ना प्रतिद्वन्द्वीलाई यति धेरै मतअन्तरले हराएकोमा एमालेका समर्थकहरू खुसी भएका छन् ।

मेयरमा एमालेकै देवकला पौडेल तिम्सिनाले ४ हजार ४२६ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका ज्ञानबहादुर गुरूङले १ हजार ८३३ मत प्राप्त गरे ।

राप्रपाका श्याम गुरुङले १ हजार ५६५ र माओवादीका कृष्णबहादुर कटुवालले १००६ मत प्राप्त गरेका छन् । उपमेयरमा राप्रपाकी पवित्रा श्रेष्ठले १ हजार १६९ र माओवादीकी करुणा रार्इले १ हजार १०२ मत पाएका छन् । यो राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सुनिलबहादुर थापाले मतदान गरेको नगरपालिका हो ।