२१ कार्तिक २०८३, शनिबार

शिवराजमा विजयको शुरुवात, एमालेको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, १७ असार । कपिलवस्तु लगायत प्रदेश नं. १, ५ र ७ मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सकिएलगत्तै मतगणना जारी रहेको छ । मतगणनासँगै विभिन्न ठाउँमा विजयको शुरुवात भएको छ ।

जिल्लाको शिवराज नगरपालिकामा वडा नं. १ र २ को मतगणना सकिएसँगै अन्तिम नतिजा सार्वजनिक भएको छ । भने वडा नं. ३ को मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालय चन्द्रौटाले जनाएको छ ।

सबभन्दा पहिले वडा नं. २ मा नेपाल लोकतान्त्रिक फोरमले विजय शुरुवात गरेको हो । कूल १४सय १५ मत खसेकोमा वडाध्यक्ष रामबहादुर थारुले ५सय ९८ मत प्राप्त गरी प्यानलै विजयी भएको छ ।

यसैगरी शनिबार विहान साढे २ बजे वडा नं. १ को मतगणना सकिएको छ । मतपरिणाम अनुसार वडा १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार जगतबहादुर जिसीले १५सय २ मत ल्याई वडाध्यक्षमा विजयी भएका हुन् ।

एमालेबाट वडा महिला सदस्यमा लक्ष्मी हमाल १५सय ३४ मत, दलित महिला सदस्यमा टिका वि.क.को १५सय ५४ मत तथा खुल्लातर्फका सदस्यहरुमा भिखु चौधरीले १४सय ७७ र रामलिले थारुले १५सय ६ मत प्राप्त अत्यधिक मतले विजयी भएका छन् । वडाध्यक्षका प्रतिद्वन्दी राप्रपाका प्रकाश जि.सी. भने ३सय ६८ मतमा सीमित भएका थिए ।

यता शिवराजको वडा नं. ३ मा पनि वडाध्यक्षसहित सम्पूर्ण प्यानलै विजयीको अन्तिम चरणमा पुगेको भएपनि समाचार तयार पार्दासम्म अन्तिम नतिजा भने सार्वजनिक भएको थिएन ।

वडा नं. ३ मा १९सय २२ मत गणना भइसक्दा वडाध्यक्षका उम्मेदवार नेकपा एमालेका टेकलाल सापकोटाले ५सय ९१ मत ल्याएका छन् । त्यसैगरी सम्पूर्ण सदस्यहरु समेत प्रतिद्वन्दी राप्रपाभन्दा दोब्बर मतले अग्रता लिएका छन् ।

यस्तै वडा नं. ४ मा ११सय ५९ मत गणना हुँदा मेयरमा संघीय समाजबादी फोरमका कृष्णकुमार चौधरीले ३३७ मत र एमालेका नेत्रराज अधिकारीले २५९ मत ल्याएका छन् ।

त्यसैगरी वडा ४ मा एमालेको वडाध्यक्षसहितको प्यानलले अग्रता लिएको छ । अहिले वडा नं. ५ को मतगणना शुरु गरिएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् ।