
डडेलधुरा, १६ असार । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काँग्रेसलाई झट्का लागेको छ ।
काँग्रेसको निकै पकड मानिएको डडेल्धुराको अजयमेरु गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका युवा नेता उमेश भट्ट (विकास) निर्वाचित भएका छन् । यसअघि डडेलधुराकै अमरगढी नगरपालिकाको मेयर र उपमेयरमा एमालेका विपिन ओझा र संगिता भण्डारी विजयी भएका थिए ।

डडेलधुराको आलिताल गाउँपालिकामा भने कांग्रेसका बिरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोगटी उपाध्यक्षमा विजयी भएका छन् ।
एउटामात्रै निर्वाचन क्षेत्र भएको डडेल्धुरामा काँग्रेसको बलियो पकड भएको मानिन्छ । डडेल्धुराबाट देउवाले निरन्तर सांसद जित्दै आएका छन् ।











प्रतिक्रिया