
इटहरी, १६ असार । इटहरी उपमहानरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । इटहरीको १ नम्बर वडामा काँग्रेसको प्यानलै विजयी भएको छ ।
वडाध्यक्षमा काँग्रेसका विष्णु चौधरी विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी भए पनि काँग्रेसले बिजय जुलुस निकालेको छ ।
यता, वडा नम्बर २० मा पनि काँग्रेसले जित्ने निश्चित जस्तै छ । नेपाली काँग्रेसका क्षेत्र नं २ का सभापति मणिराम श्रेष्ठ आफै वडाअध्यक्षको उम्मेदवार छन् । इटहरीको वडा नम्बर १ र २० काँग्रेसको पकड भएको वडा मानिन्छ ।
इटहरीको मेयरमा पनि काँग्रेसले नै अग्रता लिइरहेको छ । मेयरमा काँग्रेसले १३ सय ३० र नेकपा एमालेले १ हजार ६५ मत पाएक छन् । उपमेयरमा काँग्रेसले १३ सय ६२ र एमालेले १ हजार ३ मत पाएको छ ।
राप्रपा तेस्रो स्थानमा छ ।











प्रतिक्रिया