४ कार्तिक २०८३, बुधबार

देवः विकास बैंक लि.को माडी शाखा उदघाटन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १६ असार । देवः विकास बैंक लि.को माडी नगरपालिका, वडा नं. ३, वसन्तपुरमा माडी शाखा कार्यालयको स्थापना भएको छ ।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् ।

बैंकका संचालक समितिका वरिष्ठ संचालक बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।

सो अवसरमा बैंकले हालसम्म रु. १० अर्व निक्षेप संकलन गरी रु. ९ अर्व ३९ करोड कर्जा प्रवाह गरिएको र २०७३ चैत्र मसान्तसम्ममा रु. ३१ करोड ४० लाख संचालन मुनाफा हासिल गर्न बैंक सफल भएको जानकारी गराइएको थियो ।