१० मंसिर २०८३, बिहिबार

ओलीको गृहनगरमा एमाले र राप्रपाको मत बराबर भएपछि…

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा एमाले र राप्रपाको बराबर मत भएपछि बबाल भएको छ ।

दमकको वडा नं १ मा एमाले र राप्रपाको बराबर मत आएपछि विवाद सिर्जना भएको हो । बिहीबार राति साढे १० बजे मत परिणाम सार्वजनिक गरिएको थियो । तर, विवाद भएपछि अहिलेसम्म मतगणना अघि बढ्न सकेको छैन् ।

एमाले बाहेकका तीन दल र चार स्वतन्त्र उम्मेदवारले धाँधली भएको भन्दै विरोध जनाएका छन् । तीनबुँदे शर्त राख्दै उनीहरुले मतगणना अघि बढाउन दिएका छैनन् ।

विरोध गर्नेमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा तथा मेयर पदका स्वतन्त्र उम्मेदवारहरु ओमनाथ बस्नेत, देवीप्रसाद गौतम, सुन्दर देवान र मधु थापामगर रहेका छन् । उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरी गणनामा धाँधली भएको आरोप लगाएका छन् ।

निर्वाचन अधिकृत वेदराज फुयाल, इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजन लिम्बू तथा नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालको भूमिकाप्रति उनीहरुले आशंका व्यक्त गरेका हुन् । उनीहरुलाई फिर्ता बोलाउनुपर्ने असन्तुष्ट दलरुको माग छ ।

बिहीबार साँझदेखि नै मतगणना रोकिएको छ भने माओवादी, राप्रपा र कांग्रेसका समर्थकहरु नाराबाजीमै उत्रिएका छन् ।