२१ कार्तिक २०८३, शनिबार

दाङको बंगलाचुली गाउँपालिकामा माओवादी विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १६ असार । दाङको बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रले जितेको हो । माओवादी केन्द्रका उम्मेद्वार भक्तबहादुर ओलीले ३ हजार ३ सय ५२ मत पाएर विजयी भएका हुन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकै यमुना घर्ती विजयी भइन् । घर्तीले २ हजार ९ सय ८७ मत प्राप्त गरिन् ।

अध्यक्षमा निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भोजराज पाण्डेले २ हजार ३ सय १७ मत प्राप्त गरे भने एमालेका गिरबहादुर कुँवरले १ हजार ३ सय ९३ मत ल्याए ।