रुपन्देही १६, असार । रुपन्देहीको समरी गाउँपालिकाको मतगणनालाई संघीय समाजवादी फोरम नेपालले बहिष्कार गरेको छ । नेपाली कांग्रेसका प्रतिनिधिले धांधली गरेको भन्दै फोरम नेपालले मतगणना बहिष्कार गरेको सह–इन्चार्ज रामु यादवले जनाएका छन् ।
फोरम नेपालले पुनः मत गणनाको माग गरेको छ । फोरम नेपालले बहिष्कार गरेपछि समरीको मतगणना अहिले स्थगित छ ।
‘मशालमा आएको भोटलाई कांग्रेसले आफ्नोमा गणना गरेपछि हामीले पुनः मत गणनाको माग गर्दै बहिष्कार गरेका हौ’, यादवले भने । फोरम नेपालसँगै एमाले, माओवादी, राप्रपा लयायतका दलहरुले पनि समरी गाऊँपालिकाको मतगणना बहिष्कार गरेका छन ।
निष्पक्ष र धांधलीरहित ढंगले पुनः मत गणनाको माग गर्दै फोरम नेपाल रुपन्देहीका प्रतिनिधिहरू निर्वाचन आयोगको कार्यालय जाँदै छन् ।












प्रतिक्रिया