२१ कार्तिक २०८३, शनिबार

अपहरणमा परेका तुलसीपुरका व्यापारीको शव भेटियो, युवतीको संलग्नता देखियो

22.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको शव भेटिएको छ । रहस्यमय ढंगबाट एकाएक हराएका व्यापारी श्रेष्ठको अपहरण भएको आशंकामा अनुसन्धान जारी राखेको प्रहरीले सल्यान जिल्लाको पाथिभरा लेकमा शव फेला परेको हो । उनको शव चिन्न नसक्ने अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले शवलाई दाङ ल्याउँदैछ ।

गत जेठ २६ गते साँझ एकाएक हराएपछि श्रेष्ठको खोजी कार्य सुरु गरिएको थियो । उनको गाडी भेटिए पनि शव नभेटिएपछि प्रहरी आफै अलमलमा परेको थियो । दाङ प्रहरीको सहायताका लागि काठमाडौँबाट सिआइबी र अपराध महाशाखाबाट विज्ञहरूको टोली नै खटिएको थियो ।

अपहरण भएको आशंमा अनुसन्धान अघि बढाएको प्रहरीले अन्ततः घटनामा संलग्न एक महिलालाई पक्राउ गर्न सफल भयो । उनै महिलाको बयानका आधारमा प्रहरीले सल्यानमा शव भेटाएको हो ।

प्रहरीका अनुसार, व्यापारी श्रेष्ठको अपहरणमा युवती र भारतीय पेशेवर व्यक्ति प्रयोग भेटिएको छ । श्रेष्ठको शव भेटिए पनि सोही दिन हराएका रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ ।

प्रहरीले घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।