
काठमाडौं, १६ असार । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवारले ३०६ र उपमेयरले २५१ मत पाएका छन् ।
एमालेका मेयरका उम्मेदवारले २३८ र उपमेयरमा फोरम लोकतान्त्रिकका उम्मेदवारले १०१ मत पाएका छन् ।
संघीय समाजवादी फोरमले मेयरमा १३ र उपमेयरमा माओवादी केन्द्रले ७६ मत पाएका छन् ।
इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १११३ र उपमेयरमा १०६३ मत पाएका छन् ।एमालेका मेयरका उम्मेदवारले ९१७ र उपमेयरमा ८७९ मत पाएका छन् ।
राप्रपाका मेयरका उम्मेदवारले १४८ र उपमेयरमा १३५ मत आएको छ ।धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मेयरमा ५६९ मत र उपमेयरमा ५५६ मत पाएका छन् । एमालेका उम्मेदवारले मेयरमा ३१६ र उपमेयरमा ३४३ मत पाएका छन् ।
माओवादी केन्द्रका मेयरका उम्मेदवारले ४९ र उपमेयरमा २३ मत पाएका छन् ।
बुटवल उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेदवारले २२९६ मत र उपमेयरमा २४६२ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १८६९ मत र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवारले १३३७ मत पाएका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेदवारले २४७३ र उपमेयरमा २३५७ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवारले २०१९ र उपमेयरमा २१२४ मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा ४१५ र उपमेयरमा ४२९ मत पाएका छन् ।
घोराही उपमहानगरपालिकामा मेयरमा एमालेले ३४०२ र उपमेयरमा ३१८४ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १९५१ र उपमेयरमा २०७३मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा ११३८ मत र उपमेयरमा ११७५ मत पाएको छ ।
नेपालगंज उपमहानगरपालिकामा राप्रपाका मेयरका उम्मेदवारले १५७४ र उपमेयरमा ९३५ मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा ७०१ र उपमेयरमा ५२५ मत पाएका छन् । नेपाली कांग्रेसले मेयरमा ८२७ र उपमेयरमा १३०७ मत पाएको छ ।
धनगढी उपमहानगरपालिकामा मेयरमा कांग्रेसका उम्मेदवारले ८६९ र उपमेयरका उम्मेदवारले ९७७ मत पाएका छन् ।मेयरमा स्वतन्त्रका उम्मेदवारले ८१५ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवारले १९१ मत र उपमेयरमा ४०२ मत पाएका छन् ।











प्रतिक्रिया