
काठमाडौँ, १६ असार । नेकपा एमालेको खातामा बाजुराको पाण्डवगुफा गाउँपालिका पनि थपिएको छ । योसँगै नेकपा एमालेले एउटा नगरपालिकासहित ९ वटा स्थानीय तह जितेको छ ।
बाजुराको पाण्डवगुफा गाउँपालिकाको प्रमुखमा एमाले जिल्ला अध्यक्षसमेत रहेका कालीबहादुर शाही विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै ऐना गिरी विजयी भएकी छन्।
अध्यक्षमा शाहीले १४५१ मत ल्याए भने निकटतम प्रत्यासी काँग्रेसका सुन्दर विष्टले ९८९ मत ल्याए । यसैगरी, उपमेयरमा ऐनाले १४९० मत ल्याएर विजयी भइन् भने काँग्रेसकी तारा कुमारी रोकायाले ९८७ मत प्राप्त गरिन् ।
अहिलेसम्म एमालेले ९, काँग्रेसले ५ र माओवादीले दुई गाउँपालिका जितेका छन् ।












प्रतिक्रिया