
दार्चुला, १६ असार । नेपाली काँग्रेसले नगरपालिकामा खाता खोलेको छ । दार्चुलाको महाकाली नगरपालिका जितेर काँग्रेसले नगरपालिकामा पहिलोपटक खाता खोलेको हो ।
महाकाली नगरपालिकाको मेयरमा काँग्रेसका हंसराज भट्ट ४ हजार ४२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रत्यासी एमालेका नरसिंह चैसिरले ३ हजा ५ सय ८० मत ल्याए ।
उपमेयरमा पनि कांग्रेसकी सुना बोहरा विजयी भएकी छिन् । उनले ४ हजार एक सय २७ मत ल्याइन् । उनकी प्रत्यासी एमालेकी दुर्गा धामीले तीन हजार तीन सय ४० मत प्राप्त गरिन् ।
९ वटा वडा रहेको नगरपालिकामा ८ वटा वडा काँग्रेसले जितेको छ । वडा नं ९ मात्र एमालेको प्यानलले जितेको हो ।












प्रतिक्रिया