१ कार्तिक २०८३, आइतबार

चुनावी परिणामः एमाले ११, काँग्रेस ७ र माओवादी ५, जनमोर्चा १ ठाउँमा विजयी (नामावलीसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । दोस्रो चरणको चुनावमा पनि नेकपा एमालेले अग्रता लिएको छ । शुक्रबार दिउँसो सबा ४ बजेसम्म २३ वटा स्थानीय तहको चुनावी परिणाम घोषणा भएकोमा नेकपा एमाले सबैभन्दा बढी ११ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेस ७ र माओवादी केन्द्र ५ र जनमोर्चा एक स्थानीय तहमा विजयी भएको छ ।

यस्तो छ सूची

नेकपा एमाले

१) अमरगढी नगरपालिका, डडेल्धुरा
२) मस्टा गाउँपालिका, बझाङ
३) थलारा गाउँपालिका, बझाङ
४) वित्थडचिर गाउँपालिका, बझाङ
५) गौमुल गाउँपालिका, बाजुरा
६) पाण्डवगुफा गाउँपालिका, बाजुरा
७) पञ्चेश्वर गाउँपालिका, बैतडी
८) जन्तेढुंगा गाउँपालिका, खोटाङ
९) रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०) मैवाखोला गाउँपालिका, ताप्लेजुङ
११) सुस्ता गाउँपालिका नवलपरासी

नेपाली काँग्रेस

१) काँडा गाउँपालिका, बझाङ
२) छेडेदह गाउँपालिका बाजुरा
३) बडीमालिका गाउँपालिका बाजुरा
४) चिचिला गाउँपालिका, संखुवासभा
५) सिलीचोङ गाउँपालिका, संखुवासभा
६) महाकाली नगरपालिका दार्चुला
७) गुल्मी दरबार गाउँपालिका, गुल्मी

माओवादी केन्द्र

१) लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२) पुथाउत्तरगंगा गाउँपालिका रुकुम
३) महाकुलुङ गाउँपालिका सोलुखुम्बु
४) बंगलाचुली गाउँपालिका दाङ
५) भूमे गाउँपालिका रुकुम

राष्ट्रिय जनमोर्चा

१) मल्लरानी गाउँपालिका प्यूठान