बर्दिया, १६ असार । प्रेस चौतारी नेपाल बर्दिया शाखाका सल्लाहकार एवं संस्थापक सदस्य प्रतापकुमार गौतम गुलरिया नगरपालिका वडा नं. १ को वडा अध्यक्षमा विजयी भएका छन् ।
एमालेका तर्फबाट स्थानीय तहको निर्वाचनमा गुलरिया नगपालिका वडा नं. १ बाट वडा अध्यक्ष पदका लागि निर्वाचनमा होमिएका प्रेस चौतारी नेपाल बर्दियाका सल्लाहकार एवं संस्थापक सदस्य प्रताप कुमार गौतम भारी मतका साथ विजयी भएका हुन् ।
नेकपा एमालेका तर्फबाट गुलरिया नगरपालिका वडा नं. १ मा अध्यक्ष लगायतको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा निर्वाचिन प्रताप कुमार गौतमले एक हजार मत प्राप्त गरेका थिए ।
उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका जोगीराम थारुले ८ सय पन्चानब्बे मत प्राप्त गरे ।













प्रतिक्रिया