१० मंसिर २०८३, बिहिबार

शिवराज नगरपालिकामा एमाले दोब्बर मतले अगाडि, दृष्यमै देखिएन कांग्रेस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चन्द्रौटा, १६ असार । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा एमालेका मेयरका उम्मेदवारले दोब्बर मतसहित अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका उम्मेदवारले ११९४ मत पाएका छन् । उपमेयरमा एमालेकी उम्मेदवारले १२३३ मत पाएकी छिन् ।

दोस्रो स्थानमा रहेको फोरम लोकतान्त्रिकका मेयरका उम्मेदवाले ५३९ मत पाएका छन् ।

माओवादी केन्द्रका मेयरका उम्मेदवारले २९२ मत र उपमेयरमा ३२६ मत पाएका छन् ।
राप्रपाका मेयरका उम्मेदवारले २९२ र उपमेयरले २३० मत पाएका छन् । संघीय फोरमका मेयरका उम्मेदवारले ११७ मत पाएका छन् ।