१ कार्तिक २०८३, आइतबार

एएनए नयाँ कार्यकारी समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डीसी । उत्तर अमेरिकामा सन् १९८३ मा स्थापित राष्ट्रियस्तरको नेपालीहरुको पुरानो संगठन दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)को निर्वाचन सम्पन्न भएको छ । निर्वाचनले नयाँ कार्यकारी समितिको गठन गरेको छ ।

नयाँ समितिमा अध्यक्षमा मेदिनी अधिकारी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा खगेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

३ जना उपाध्यक्षहरुमा क्यानाडा क्षेत्रका लागि डा तुलसी धरेल, मध्यवर्ती क्षेत्रको लागि उपाध्यक्षमा राजेन्द्र खतिवडा तथा पश्चिमी क्षेत्रका लागि मुकुन्द ढुंगाना निर्वाचित भएका छन् । युवा संयोजकमा श्याम सेडाई निर्वाचित भएका छन् ।

एएनए ट्रस्टीको अध्यक्षमा सर्वसम्मति प्रा डा अम्बिकाप्रसाद अधिकारी निर्वाचित भएको जानकारी एएनएका वरिष्ट उपाध्यक्ष खगेन्द्र अधिकारीले दिएका छन् ।

नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण आगामी जुलाई २ तारिख बाल्टिमोरमा हुने भएको छ ।

समितिको कार्यकाल २०१७ देखि २०२० सम्म रहनेछ । एएनए निर्वाचन समितिको सभापतिमा महेन्द्र कार्की, सह–सभापतिमा कृष्ण निरौला तथा सदस्यमा विजय कुमार भट्टराई रहेका थिए ।