१ कार्तिक २०८३, आइतबार

उपेन्द्र यादवको फोरमबाट बागी उठेका यादवले गरे सुनसरीमा कमाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १५ असार । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट टिकट नपाएर बागी उठेका देवकृष्ण यादवले सुनसरीमा कमाल गरेका छन् ।

सुनसरीको कोशी गाउँपालिकामा अध्यक्षका बागी उम्मेदवार यादवले आधिकारिकको भन्दा कयौँ गुणा बढी मत ल्याएका छन् । यादवले २०० मत ल्याउँदा फोरमका आधिकारिक उम्मेदवारले २५ मत मात्रै ल्याएका छन् ।

कांग्रेस र एमालेलाई पनि उनले चक्मा दिएका छन् । काँग्रेस र एमाले भर्खरै एक सय मतबाट माथि उक्लिएका छन् भने माओवादीले २० कटाउन सकेको छैन् ।

अहिले साविकको लौकही गाविसमा मतगणना भइरहेको छ । साविकको पश्चिम कुशाह, नरसिंह टप्पु, श्रीपुर, हरिपुरको मतगणनामा भने काँग्रेस र एमालेबीच टक्कर हुने अनुमान गरिएको छ ।