२ कार्तिक २०८३, सोमबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वुटवल उपमहानगरको मतपरिणामले काँग्रेस एमाले नै आश्चर्यचकित

बुटवल, १५ असार । वुटवल उपमहानगरपालिकाको जारी मतगणनामा मिश्रित परिणाम आउने संकेत देखिएको छ । मतपरिणामलाई लिएर काँग्रेस र एमालेका नेताहरु नै आश्चर्यमा परेका छन् ।

मेयरमा काँग्रेसले अग्रता लिएको छ भने उपमेयर र वडाअध्यक्षमा एमालेले अग्रता लिइरहेको छ । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । यो वडा काँग्रेसकै पकडको मानिन्छ । काँग्रेसले जित्ने अनुमान गरिएको वडा समेत एमालेको पोल्टामा जाने पक्कापक्की भएको छ ।

रोचक छ के भने बुटवल उपमहानगरमा एमालेविरुद्ध काँग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमले समेत गठबन्धन बनाएका छन् । घेराबन्दीका बीचमा पनि एमालेले राम्रो मत पाएको बताइएको छ । यो वडामा १८ सय ७१ मत खसेकोमा अहिलेसम्म १४ सय मत गणना भइसकेको छ । अब केहीबेरमै वडाको अन्तिम परिणाम आउने भएको छ ।

पछिल्लो परिणाम यस्तो छः

मेयर

नेपाली काँग्रेसका खेलराज पाण्डेय ७११ मत
एमाले शिवराज सुवेदी ४६४ मत

उपमेयर

एमाले गोमा आचार्य ५२८ मत
माओवादी केन्द्र जगत पोख्रेल ४९५

वडा अध्यक्ष ( १ नम्बर वडा)

एमाले महेन्द्र लिगल ५०३
काँग्रेस नरेन्द्र बस्नेत ३८१