२१ कार्तिक २०८३, शनिबार

२२६ स्थानीय तहको मतगणना शुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३ सय ३४ स्थानीय तहमध्ये २ सय २६ स्थानीय तहको मतगणना शुरु भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, हालसम्म प्रदेश नं. १ का ८०, प्रदेश नं. ५ का ८७ र प्रदेश नं. ७ का ५९ स्थानीय तहको मतगणना शुरु भएको छ । अव १०८ स्थानीय तहको मतगणना शुरु हुन बाँकी छ ।

उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र अझै २२ मतदान स्थलको मतपेटिका संकलन हुने क्रममा रहेको छ ।