१ कार्तिक २०८३, आइतबार

राजपाबाट विद्रोह गरेका थारु र गिरीले ल्याए सबैभन्दा बढी मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १५ असार । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्थानीय चुनाव बहिष्कार गरेको राजपाबाट विद्रोह गरेका मेयर र उपमेयरका स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा बढी मत ल्याएका छन् ।

राजपाबाट विद्रोह गरी मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका मनमोहन चौधरीले ७७ मत पाएका छन् । जबकी संघीय फोरम नेपालका मेयर पदका उम्मेदवारले २० मत मात्रै पाएका छन् । फोरम लोकतान्त्रिकका मेयर पदका उम्मेदवारले १५ र कांग्रेसका मेयरका उम्मेदवारले १० मत पाउँदै गर्दा स्वतन्त्र उम्मेदवारले भने भारी मत ल्याएर सबैलाई चक्मा दिएका छन् ।

उपमेययरमा पनि स्वतन्त्र उम्मेदवार सर्वजित गिरीले २१ मत ल्याएर अग्रता लिइरहेका छन् ।