
काठमाडौँ, १५ असार । दोस्रो चरणको चुनाव अन्तरगत एउटा महानगरपालिका र सात वटा उपमहानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक मतपरिणामले काँग्रेस र एमालेकैबीचमा प्रतिस्पर्धा देखिएको छ ।
प्रदेश नम्बर १ मा एक महानगरापलिका र दुई उपमहानरपालिका छन् । विराटनगर महानगरपालिकामा काँग्रेस अगाडि छ । यसैगरी, धरान र इटहरी उपमहानगरपालिका पनि काँग्रेस नै अगाडि छ ।
प्रदेश नम्बर पाँचमा चार वटा उपमहानगरपालिका छन् । जसमध्ये वुटवल, तुलसीपुर, घोराही र नेपालगन्ज उपमहानरपालिकाको मतगणना जारी छ । तुलसीपुर, घोराही र नेपालगन्जमा एमालेले अग्रता लिएको छ भने बुटवलमा काँग्रेस अगाडि छ । मेयरमा अग्रता लिए पनि बुटवलमा काँग्रेसले वडा भने गुमाएको छ ।
प्रदेश नम्बर ७ को एकमात्र धनगढी उपमहानगरपालिकामा पनि काँग्रेस नै अगाडि छ । काँग्रेसका नृप वडलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले टक्कर दिइरहेका छन् ।















प्रतिक्रिया