गुल्मी, १५ असार । गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं १ मा एमाले भारी मतान्तरले अगाडि रहेको छ ।
हालसम्म गणना भएको ५७१ मतमध्ये एमालेका प्रमुख पदका उम्मेदवार निलकण्ठ गौतमले ४२६ मतसहित अग्र स्थानमा छन् ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रका संयुक्त उम्मेदवार माओवादीका यदु ज्ञवालीले १०६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा पनि एमालेको अग्रता रहेको छ ।
उपप्रमुख पदकी उम्मेदवार एमालेकी लक्ष्मीदेवी पन्तले ४३१ मत पाएकी छन् भने कांग्रेस माओवादीका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका देवेन्द्र मल्लले १११ मत पाएका छन् ।















प्रतिक्रिया