
उदयपुर, १४ असार । उदयपुर जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीन कार्यकर्ता हतियारसहित पक्राउ गरेको छ ।
रौतामाई गाउँपालिका– ७ मुर्कुचीस्थित मुर्कुची उच्च माबि मतदान केन्द्रमा खटिएका प्रहरीले जाँच गर्ने क्रममा ४० वर्षीय भरत बस्नेत, ३२ वर्षीय तिलक तामाङ र ४५ वर्षीय ध्रुब खड्कालाई नियन्त्रयामा लिएको हो । तामाङ र खड्का रौतामाई गाउँपालिका– ७ निवासी हुन् ।
बस्नेत त्रियुगा नगरपालिका–१५ का हुन् भने तामाङ र खड्का रौतामाई गाउँपालिका– ७ निवासी हुन् ।
प्रहरीले उनीहरूको साथबाट सुतली बम २ थान, गैती १ थान, गुलेली १ थान, नेपाल कम्युनिष्ट पार्टीको आवेदन फाराम १ प्याड तथा सोही पार्टीको सहयोग रसिद १ प्याड बरामद भएको जनाइएको छ ।
यसअघि सोमबार राति कैलाली जिल्लामा बम बोकेर पड्काउन हिँडेका जिल्लास्तरीय नेता चन्द्रबहादुर सिंह मारिएका थिए ।
विष्फोटक पदार्थ निष्क्रिय पारिएको
उता, देशका विभिन्न स्थानमा शंकास्पद रुपमा फेला परेका बिष्फोटक पदार्थ प्रहरीको सक्रियतामा निष्क्रिय पारिएको छ ।
ती स्थानहरूमा बिष्फोटक पदार्थ फेला परेको छ भन्ने सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीको समन्वयमा नेपाली सेनाको स्थानीय युनिटको टोलीले मंगलबार र बुधबार बिष्फोटक पदार्थ निष्क्रिय बनाएको हो ।
बिष्फोटक पदार्थ फेला पारी निष्क्रिय पारिएका ठाउँहरूमा कञ्चनपुर बेलौरी नगरपालिका–३ बुट्टाबारी, कञ्चनपुर भीमदत्त नगरपालिका–८ स्थित तिलापुर इँटाभट्टा नजिक, कञ्चनपुर महाकाली नगरपालिका–४ चाँदनी बजार, अछाम तुर्माखाँद गाउँपालिका–८ सुनारा टाकुरा र अछाम ढकारी गाउँपालिका–१ गुरुकुल मावि रहेका छन् ।
बर्दिया गुलरिया नगरपालिका–१ र मधुवन नगरपालिका–९ स्थित सडक, बाँके कोहलपुर नगरपालिका–११ चौराहास्थित सडक, खोटाङ लामीडाँडा गाउँपालिका–५ स्थित गंगोदय माबि, खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–७ स्थित बिद्योदय उच्च माबि, मोरङ कानेपोखरी गाउँपालिका–६ स्थित रमाईलो बजार चोक, बाजुरा हिमाली गाउँपालिका–५ स्थित मंगलमय प्राबि नन्दापाटा र कञ्चनपुर पुनर्वास नगरपालिका–३ रामबस्तीमा बुधबार फेला परेका शंकास्पद बस्तु डिष्पोजको लागि समन्वय तथा आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया