३ कार्तिक २०८३, मंगलबार

गर्भवती भएपछि उनी गाउँबाट निकालिन्छन्…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुरुङ समुदायको परम्परागत संस्कृति ‘रोँधी’मा आउ जाउ गर्ने एक युवती गर्भवती हुन्छिन् । अविवाहित आमाको विल्ला भिरेर उनी समाजबाट तिरस्कृत हुिन्छन् । गाउँबाटै निकालिन्छन् ।

उनै अविवाहित आमाबाट जन्मिएकी छोरी भने गाउँ समाजका लागि हितकर मानिन्छिन् । पढाईमा अब्बल हुँदै गाउँका कुरिती विरुद्ध लड्ने र आफ्ना अपरिचित बाबुको खोजीमा चलचित्र ‘तमुस्यो’ घुमेको छ । उनको यस्तो अभियानमा कलेजका साथीहरूले पनि साथ दिन्छन् ।

चलचित्र ‘तमुस्यो’ले त्यही युवतीको कथा भनेको कार्यकारी निर्माता प्रदीपकुमार गुरुङ बताउँछन् । रोँधीघरलाई विकृति मान्नेहरूका लागि चलचित्र ‘तमुस्यो’ले यो विकृति नभई सिर्जनशील घर अर्थात सँस्कृति हो भन्ने सन्देश दिन चाहेको उनको भनाई छ । चलचित्रका निर्माता ईश्वर गुरुङ र प्रदीप गुरुङ हुन् ।

‘तमुस्यो’मा उर्मिला गुरुङ, रोश्नी गुरुङ, सुमित गुरुङ, निखिल गुरुङ, बलबहादुर गुरुङ, प्रेमा गुरुङ लगायतको अभिनय हेर्न सकिन्छ ।

चलचित्रको लेखन तथा निर्देशन माओत्सेतुङ गुरुङले गरेका छन् । तीन वटा गीत रहेको चलचित्र ‘तमुस्यो’का गीतमा मेलिना राई, रजनी राई, निखिल गुरुङ र शान्ति गुरुङले स्वर भरेका छन् ।

चलचित्रमा नृत्य निर्देशन लवसन गुरुङले गरेका छन् । स्याङ्जाको चित्रे र पोखरा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको छ । चलचित्रको छायाङ्कन भने खिमबहादुर गुरुङले गरेका हुन् ।