प्यूठान, १३ असार । माओवादी केन्द्रका कार्यकर्ताले प्यूठानका एमालेका उम्मेदवारले प्रयोग गरेको टोयटा हाईलेक्स पिकअप गाडीमा तोडफोड गरेका छन् ।
बा ९ च ६५१४ नं.को सो गाडी एमालेका तर्फबाट प्यूठान नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेले चढ्दै आएका थिए । मतदानका दिन चढ्ने भनेर एमालेका उम्मेदवारले ‘पास’ पनि बनाएका थिए ।
गाडी मालिक बालाजु श्रेष्ठले आफ्नै घरमा रोकी राखेको गाडीमा नारावाजीसहित आएका माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड गरेको बताए ।
सोमवार साँझ प्यूठान नगरपालिका वडा नं. ४ मा खमल्दी बस्तीमा स्थानीयलाई भेला गरी मत प्रभावित पार्ने गतिविधि गरे लगत्तै विजुवार मित्रमणि चोकमा माओवादी कार्यकर्ताहरुले प्रदर्शन समेत गरेको एमालेको आरोप छ ।
‘माओवादी केन्द्रका नेता मणि थापासहितको टोलीले हुलदङ्गा गरेको थियो’, एमाले प्यूठानका नगरपालिका निर्वाचन परिचालन कमिटीका संयोजक विजयविराज विष्टले भने, ‘सुनियोजित रुपमा एमालेका कार्यकर्तामाथि आक्रमणको प्रयास गर्दा समेत स्थानीय प्रहरी मुकदर्शक बनेको छ ।’
माओवादीले मौन अवधिको समयमा प्रचार कार्य गरेर आचार संहिता उल्लंघन गरेको आरोप एमालेको छ ।











प्रतिक्रिया