४ कार्तिक २०८३, बुधबार

रामशरणले भ्रष्टाचार आरोपी चुडामणिलाई बचाउने, समर्थनमा दुई हाइप्रोफाइल पनि देखिए

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसको नेता डा.रामशरण महतले कर फर्स्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आर्थिक पत्रकार मञ्च–नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा.महतले चुडामणि शर्माको बचाउ गरेका हुन् ।

पूर्वअर्थमन्त्री महतले कर फर्स्यौट विवादलाई तत्काल टुँगो लगाउनुपर्नेमा जोड दिए । महतले कर फर्स्यौट आयोग आँफैमा संवैधानिक आयोग भएकोले सरकारले बाहेक अरु कुनै निकायले आयोगमाथि छानबिन गर्न नपाउने स्पष्ट पारे । उनले भने, ‘कर फर्स्यौट आयोगले गरेको निर्णयलाई अर्को निकायले चूनौति दिन मिल्दैन, त्यसैले हचुवाको भरमा यस्तो निर्णय गर्नुहुँदैन् ।’

उनले अघि थपे, ‘कर फर्स्यौट आयोग अधिकार सम्पन्न आयोग हो, मापदण्ड अनुसार आयोगले काम गर्ने हो, कानूनी परिधिभित्र रहेर आयोगले र यसका पदाधिकारीहरूले काम गरेका छन् कि छैन त्यो हेर्नुपर्छ, कानून सुधार भविष्यको कुरा हो, कर पुनरावलोकन आयोग बनाइएको छ, अन्तर्राष्ट्रिय केसेस पनि यही हो ।’

डा. महतले आयोगमा प्रस्तुत गरिएका कागजपत्रहरू तथा आयोगको कारबाहीको सिलसिलामा कुनै स्रोतबाट थाहा हुन आएका कुरा गोप्य राख्नुपर्ने व्यवस्था भएको उल्लेख गर्दै भने, ‘त्यस्तो कागजपत्रहरू र गोप्य कुराहरू कर निर्धारण वा असुलीको प्रयोजनको निमित्तबाहेक अन्य काममा प्रकाश गरिने वा कुनै अदालतमा प्रमाण लाग्ने छैन र नेपाल सरकारको अनुमतिबिना कुनै अधिकारीले निरिक्षण वा अनुशन्धानको लागि समेत माग गर्न सक्ने छैन ।’

महतले आयोगका पदाधिकारी सबैको बयान नलिई सदस्य सचिव शर्मामाथि एकपक्षीय ढंगले कारबाही गरेकोमा आपत्ति जनाए । उनले भने, ‘आयोगका सबै पदाधिकारीहरुको बयान लिनुपर्नेमा, त्यस्तो मौका नदिई आन्तरिक राजश्व विभागका महानिर्दैशकलाई मात्रै हिरासतमा लिनु न्यायसंगत छैन् ।’

पूर्व कर फर्स्यौट आयोगकका अध्यक्ष चण्डी श्रेष्ठले कर फर्स्यौट आयोग समाधानको महत्वपूर्ण निकाय भएको दाबी गरे । उनले भने, ‘यो आयोगले गरेका निर्णय उल्टिँदैनन्, करदाता र कर प्रतिनिधिबीच भएका विवादहरू बढाउनु उचित होईन, यसरी आयोग विवादमा तानीए लगत्तै सदनले त्यसको बारेमा उचित निर्णय लिनुपर्ने हो तर लिएको छैन् ।’

कार्यक्रमका अर्का वक्ता एवम् आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक अरबिन्दकुमार श्रेष्ठले नेपालमा कर फर्स्यौटट आयोगको आवश्यकता नहने बताएका छन् ।

अर्बौ रुपियाँ भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका चुडामणि शर्मा हिरासतमा रहेका बेला उनलाई बचाउन कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व अर्थमन्त्री डा.महत, आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक अरबिन्दकुमार श्रेष्ठ र पूर्व कर फर्स्यौट आयोगकका अध्यक्ष चण्डी श्रेष्ठ खुलेर मैदानमा उत्रिएका छन् ।