२१ कार्तिक २०८३, शनिबार

महन्थ ठाकुर सुरक्षानिकायसँग रिसाए, विज्ञप्ति जारी गरेर दिए यस्तो चेतावनी

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । राष्ट्रिय जनता पार्टी नेपालले तराईका जिल्लाहरूमा शान्ति सुरक्षाका लागि परिचालन भएको सुरक्षा निकायको विरोध गरेको छ ।

राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर निर्वाचनको नाम पश्चिमी र पूर्वी मधेस–थरुहटका जिल्लाहरूमा सेना, सशस्त्र र जनपद प्रहरीको गाँउ–गाँउमा व्यारेक खडा गरेको भन्दै अपात्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘आफ्नै जनतामाथि फैलाइरहेको औचित्यहीन आतंकप्रति राजपा नेपाल घोर आपत्ति जनाउँदै यस्तो गतिविधि तत्काल बन्द गर्न माग गर्दछ ।’

‘शान्तिपूर्ण अभिव्यक्ति र विरोध लोकतन्त्रको आधारभूत तत्व हो’, ठाकुरले भनेका छन्, ‘लोक अभिव्यक्तिको शान्तिपूर्ण बाटो बन्द गर्नु द्वन्द्व चर्काउँदै अराजकताको बाटो खोल्नु हो ।’

अन्तर्राष्ट्रिय समुदायवाट मानव अधिकारको विश्वव्यापी घोषणा, राष्ट्रिय–अन्तर्राष्ट्रिय मापदण्डको पालनाको निरन्तर अपीलको वावजुद गाँउ–गाँउमा राज्यले आतंक फैलाइरहिएको अध्यक्ष ठाकुरले आरोप लगाएका छन् ।

सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सुरक्षा निकाय परिचालन गरेकोमा राजपा नेपालका अध्यक्ष ठाकुरलाई मन परेको छैन ।