२१ कार्तिक २०८३, शनिबार

पाँचथरमा च्याउले लियो बालकको ज्यान, एकै परिवारका तीन घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, १३ असार । पाँचथरमा जंगली च्याउ खाँदा १० बर्षीय बालकको मृत्यु भएको छ । तीन जना विरामी छन् ।

पाँचथर मिक्लाजुङ गाउँपालिका ७ निवासी चन्द्रबहादुर माखिमको परिवारका चार जनाले उक्त च्याउ खाएका थिए । च्याउ खाएकामध्ये संगमको गएराति १० बजे धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

विरामी हजुरबुवा चन्द्र बहादुर माखिम, समिर माखिम, सपना माखिमको उपचार भइरहेको छ । उनीहरुले ११ गते जंगलबाट च्याउ ल्याएर खाएका थिए । उक्त च्याउ विषालु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।