१ कार्तिक २०८३, आइतबार

खेलकुद सचिवको सम्मानमा क्यानडामा भव्य कार्यक्रम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ग्रेटर टोरोन्टो । “युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन” अन्टियफ क्यानडा च्याप्टरले युवा तथा खेलकुद सचिव महेशप्रसाद दाहालको स्वागत, सम्मान सहित खेलकुद परिचयात्मक कार्यक्रम ब्राम्पटनमा सम्पन्न भएको छ ।

हाल यस फेडेरेसनको च्याप्टर १३ देशमा रहेको छ । गठन भए यता यस सँस्थाले नेपालका दुर्गम क्षेत्रमा बस्ने तर, तेक्वान्दो खेलमा दख्खल भएका खेलाडीहरुका लागि तेक्वान्दो डेस, किक प्याड, ट्रेनिङ्ग म्याट लगायतको सामग्रिहरुको सहयोग गर्दै आएको छ ।

तेक्वान्दो प्रशिक्षक तथा खेलाडीहरुको बैदेशिक तालिम तथा सेमिनारमा आर्थिक सहयोग समेत गर्दै आईरहेको छ ।

भबिष्यमा नेपालमा नेपाल सरकार, खेलकुद परिषद् र नेपाल तेक्वान्दो सँघ संग समन्वय गरि सुबिधा सम्पन्न तेक्वान्दो एकेडेमिको निर्माण गर्ने योजना रहेको बताईएको छ ।

कार्यक्रममा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथि रहेका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले नेपालमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताहरूमा भविष्यमा एनआरएन टिमलाई पनि सहभागी गराउने प्रतिबद्धता जनाए ।

बिशिष्ठ अतिथिको रुपमा आमन्त्रित गरिएका पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले सहि काम गर्ने र नराम्रो काम गर्ने दुबैको बिरोध गर्ने बानीले गर्दा र हाम्रो सोच परिवर्तन नभएका कारण खेलकुद क्षेत्रलाई पनि असर परेको बताए ।

एनआरएन क्यानडाका अध्यक्ष तुल्सीप्रसाद सापकोटाले एनआरएनले ल्याएको नागरिकतासम्बन्धि विषयमा नेपाल सरकारले छिटोभन्दा छिटो कानून ल्याएर लागू गर्नुपर्नेमा जोड दिए । उनले नेपाली नागरिकता नभएका कारण लगानीमा समस्या रहेको बताए ।

“युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन” अन्टियफ हेडक्वाटर अध्यक्ष ग्रान्ड मास्टर राजकुमार राईले अन्टियफ को उद्धेश्यको बारेमा जानकारी गराएका थिए ।

अन्टियफ हेडक्वाटरका महासचिव मास्टर लवप्रसाद गोर्खालीले बिगतमा संथाले गरेका कार्यको बारेमा जानकारी गराएका थिए ।